नयाँ विद्यालय व्यवस्थापन समितिको गठन सम्‍पन्‍न

  • Home -
  • News Details
research
  • 19 May
  • 2024

नयाँ विद्यालय व्यवस्थापन समितिको गठन सम्‍पन्‍न

आज विद्यालय प्राङ्गनमा भएको नयाँ विद्यालय व्यवस्थापन समितिको मनोनयनमा शिक्षक प्रतिनिधि वाहेक सम्पूर्ण सदस्यहरु मनोनयन हुनु भएका छन्। म्यागङ गाउँपालिकाको उप-प्रमुख सीता तामाङको प्रमुख अतिथ्य रहेको उक्त कार्यक्रम नि-वर्तमान वि.व्य.स. अध्यक्ष सूर्य बहादुर तामाङको सभापतित्वमा भएको थियो। विशेष अतिथिहरुमा म्यागङ वडा नं. ५ को वडाध्यक्ष जीत बहादुर तामाङ र वडा नं. ६ को वडाध्यक्ष हरि कुमार तामाङ रहेका थिए। अन्य अतिथिहरुमा वडा नं. ५ र ६ का वडा सदस्यहरु, विभिन्‍न संस्थाका प्रमुखहरु, छिमेकी विद्यालयहरुको वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरु, वुद्धिजिवी, समाजसेवी, शिक्षा प्रेमी, शिक्षक अभिभावक संघको पदाधिकारीहरु, सामरी चौकी इन्चार्ज, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सरोकारवालाहरुको उपस्थिति रहेका थिए।

 

उद्घाटन तथा बन्द सत्र गरी दुई सत्रमा सम्पन्‍न उक्त कार्यक्रम विगतका भन्दा सरल, सफल र सव्य रुपमा सम्पन्‍न भएको थियो। उपस्थित अभिभावकहरुबाट छनोट हुनु भएका ६ जनाबाट ४ जना मनोनयन हुनु भएको थिए भने उक्त बन्द सत्रबाटै अन्य दुई सदस्यका पनि टुङ्‍गो लगेको थियो। अव समितिमा शिक्षक प्रतिनिधि मात्र छनोट हुन वाँकी रहेको छ। ९ सदसीय समितिमा तपशिल वमोजिमका पदाधिकारीहरु हुनु हुन्छन्।

१. पूर्णलाल परी लामा - अध्यक्ष

२. जीत बहादुर तामाङ -पदेन सदस्य (वडाध्यक्ष म्यागङ गाउँपालिका वडा नं. ५)

३. सुजन वज्राचार्य - खुल्ला पुरुष सदस्य

४. नानी मैया मगर - खुल्ला महिला सदस्य

५. आइमित लेप्चा - खुल्ला महिला सदस्य

६. हरि कुमार खड्का मगर - मनोनित पुरुष सदस्य

७. शान्ती तामाङ - मनोनित महिला सदस्य

८. शिक्षक प्रतिनिधि (छनोट हुन वाँकी)

९. सिंगमान तामाङ - सदस्य सचिव